सोमबार , बैसाख २२, २०८२

दाङ । दाङमा गत असोज ३० गते हत्या गरेर गाडिएको अवस्थामा फेला परेको भनिएका रोशनी महतरा र शरद आचार्यको घटनामा नयाँ तथ्य बाहिरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका– १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको मृत्यु बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर भएको पुष्टि भएको छ । घटनामा संलग्न दमारगाउँका चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरूले करेन्टबाट उनीहरूको मृत्यु भएपछि बोरामा हालेर शव पुरेको स्वीकारी सकेका छन् ।

पक्राउ परेको चार जनाले बँदेल मार्नलाई भनेर रोशनीको घर नजिकैको कुखुरा फारमबाट बिजुली बत्तीको तार तानेर करेन्टको धराप बिछ्याएका थिए । रोशनी र शरद प्रेममा थिए । उनीहरू एकअर्कालाई भेट्न असोज २७ गते राति करिब सवा १० बजेतिर घरबाट निस्किएकामा धरापमा परेर एकैसाथ मृत्यु भएको जनाइएको छ । नयाँ तथ्य खुलेसँगै यसअघि हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका टिपर चालक सुवास थिङ र सल्यानका सुशील थापा निर्दोष सावित भएका छन् ।

उक्त घटना छिपाउन उनीहरूले ढुंगाले टाउको लगायत शरीरका विभिन्न भागमा हानी शव व्यवस्थापन गरेको भन्ने खुलेको प्रहरीको भनाइ छ । शव व्यवस्थापनका लागि बोकेर लगेका बोराहरू उतै जलाइएको उनीहरूले प्रहरीलाई बताएका छन् । घटनाबारे प्रहरीले सकभर आजै र नभए भोलिसम्म पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP