मंगलबार , बैसाख १६, २०८२

देवदह । सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्नो वास्तविक परिक्षा सुरु भएको बताएका छन् । शनिबार देवदहमा आयोजित ‘स्रष्टासंग घनश्याम भुसाल’ कार्यक्रममा बोल्दै उनले प्रतिबद्धता पूरा नगरे जनताको कठघरामा उभिन तयार रहेको बताए ।

स्रष्टाहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै भुसालले निकै लामो संघर्ष गरेर नेकपा एमाले पार्टीलाई जनताको प्यारो पार्टी बनाएको तर संसद र सरकारमा जनताको मुद्दा उठाउँन एमाले नेतृत्वले बाधा पुर्याएको बताए । “हिजो पार्टीगत रूपमा केही अफ्ट्याराहरू थिए तर अब म स्वतन्त्र छु र मेरो वास्तविक परिक्षा अब सुरु भएको छ ।” उनले भने बोलेको कुरा पूरा गर्छु, कठघरामा उभिन म तयार छु।”

नेपाली कला, साहित्य र लेखनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले नेताहरूमा सहि सांस्कृतिक चिन्तन आवश्यक रहेको तर्क गरे । पछिल्लो समय नेपाली राजनीति खराब लयमा गुज्रिरहनुमा समेत नेताहरूको समाज र संस्कृतिलाई बुझ्ने सवालमा रहेका समस्या कारक रहेको बताउँदै उनले भने, “अहिले जनताको राजनीतिलाई हेर्ने दृष्टिकोण पनि नकारात्मक रहेको छ । बिग्रेको राजनीतिलाई लेखन, साहित्य तथा विचारको माध्यमबाटै सुधारेर राजनीतिक नेतृत्व र समाजलाई सहि दिशामा हिडाउँन स्रष्टाहरूले भुमिका खेल्नुपर्नेछ ।”

हिजो तपाइले संसदमा रहेर के गर्नुभयो र अब तपाइलाई फेरि किन संसदमा पठाउने भन्ने स्रष्टाको जिज्ञासामा भुसालले बिगतमा आफू संसदमा रहदा लोकतन्त्र र संविधानको रक्षा तथा पार्टी भित्रको गलत प्रवृत्ति विरुद्ध निर्धक्कका साथ आवाज उठाएको बताए। जनताको साथ, माया र उत्साह देख्दा निर्वाचन जित्छु जस्तो लागेको बताउँदै भुसालले अब संसदमा गएर बाँकी रहेका विकास निर्माणका अधुरा कार्य पूरा गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा समालोचक तथा लेखक रामचन्द्र श्रेष्ठले अहिलेको चुनावमा एकातिर कमल थापा र दिपक बोहराहरू रहेको र अर्कोतिर घनश्याम भुसालहरू रहेकोले जनताले कसलाई संसदमा पठाउँने भन्ने फैसला सोही अनुसार गर्नुपर्ने बताए । देशको राजनीति दलाल उत्पादन गर्ने दिशातर्फ अगाडि बढिरहेको बताउँदै उनले बिग्रीएको राजनीतिलाई सहि दिशामा लैजान सांसदहरूको भुमिका हुने र त्यो भुमिका घनश्याम भुसालहरूले खेल्न सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा युगीन साहित्य समाजका विष्णु विवस पोखरेल, फोनिज रुपन्देहीका उपाध्यक्ष प्रेम थापा, कलाकार तेजु अर्याल लगायतले समसामयिक विषयमा भुसालसंग जिज्ञासा राखेका थिए ।

नेपाली लेखक संघ र अखिल नेपाल लेखक संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रमको मिडिया सहकार्य प्रेस सेन्टर नेपालले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP