मंगलबार , असार ३, २०८२

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि संघ र सातै प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार बनाउने बताउनु भएको छ । शनिबार भैरहवामा रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका खाणले माओवादीले निर्वाचन परिचालनका लागि आयोजना गरेको बृहत् कार्यकता भेलामा सात प्रदेश र संघमा गठबन्धनले बहुमत ल्याउने बताउनु भयो ।

लामो संघर्ष पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्वयस्थालाई थप मजबुत बनाउदै नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धनको जीत अत्यावश्यक रहेको उहाँको भनाइ थियो । एमाले नेतृत्वमा बनेको चुनावी गठबन्धन पश्चगामी रहेको बताउँदै यो गठबन्धनले जितेमा प्राप्त उपलब्धि उल्टन सक्नेतर्फ सचेत गराउनुभयो ।

गणतान्त्रिक व्यवस्था बचाइ नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धनको विजयी आवश्यक रहेको उहाँको भनाइ थियोे । निर्वाचनपछि बन्ने सरकारको मुख्य ध्यान मुलुको विकास र रोजगारीमा हुने पनि गृहमन्त्री खाणले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP