शनिबार , भाद्र १३, २०८३

काठमाडौं । १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज (शनिबार) नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो सवा ४ बजे सुरु हुनेछ । बङ्गलादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् ।

पहिलो खेलमा नेपाल र बङ्गलादेश दुवैले भुटानलाई हराएका थिए । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको हो भने उद्घाटन खेलमा बङ्गलादेशले भुटानलाई ८–० गोल अन्तरले हराएको थियो ।

च्याम्पियनसिपमा बङ्गलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP