मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । महोत्तरी जलेश्वरकी निहारिका राजपुतका छोराको ‘डीएनए’ बलात्कार आरोपी धनुषा क्षीरेश्वरनाथ नगरपालिका–३ का शिवराज श्रेष्ठसँग मिलेको छ । राजपुतका छोरासँग प्रतिवादी शिवराम श्रेष्ठको डीएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको छ । उच्च अदालत जनकपुरले राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश जारी गरेको थियो ।

डीएनए परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाइएको थियो । राजपुतका कानुन व्यवसायी अधिवक्ता रिन्कुकुमारी यादवका अनुसार आज अदालतले डीएनए परीक्षणको प्रतिवेदन प्राप्त गरेको छ ।

प्रतिवेदन अनुसार श्रेष्ठ र राजपुतका छोराको ९९.९९९ प्रतिशतले डीएनए म्याच भएको जानकारी उच्च अदालत जनकपुरका प्रवक्ता नुतन झाले जानकारी दिएकी छन् ।

झाका अनुसार रिपोर्ट नआएको हुँदा २५ गतेका लागि साधारण तारेख दिइएको थियो । अब रिपोर्ट आइसकेकाले अर्को सुनुवाइको पेसी तोकिने छ । शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन् । तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP