सोमबार , भाद्र १५, २०८३

काठमाडौं । कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएको पाइएको छ ।

सन् २०२२ को जनवरी देखि अक्टुबरसम्मको अवधिमा उनीहरु घुम्नको लागि नेपाल आएका हुन् । नेपाल पर्यटन वोर्डका अनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए ।

जनवरीमा १६ हजार ९७५, फुब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए ।

यस्तै जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगष्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४ र अक्टुबरमा ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएको वोर्डले जनाएको छ । वोर्डका अनुसार पछिल्लो १० महिनामा नेपालमा प्रत्येक महिना औषतमा ४७ हजार ३५३ जना पर्यटक आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP