मंगलबार , बैसाख २९, २०८३

बुटवल। रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ तथा लुम्बिनी प्रदेश उद्योग संघको संयुक्त आयोजनामा आगामी पुष ७ देखि १९ गतेसम्म बुटवलमा हुन गैरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी स्वरुप प्रदर्शनी स्थल बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको स्थापना गरिएको छ ।

शुक्रवार बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको संघका अध्यक्ष तथा प्रदर्शनी आयोजना मुल समितिका संयोजक माधव प्रसाद पौडेलले विधिपूर्वक पुजा आजा गरि सुभारम्भ गर्नु भएको थियो । सो अवसरमा संघका पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहाकारहरुको उपश्थिती रहेको थियो ।
बुटवल उपमहानगरपालिका–१० बुटवल मण्डपमा बन्दै गरेको आधुनिक अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा रुपन्देही उद्योग संघले पहिलो पटक प्रदर्शनी आयोजना गर्न लागेको छ । प्रदर्शनी आयोजना सफलता पूर्वक सम्पन्न गर्न आवश्यक तयारीका कामहरु द्रुत गतिमा अगाडी बढाउने लक्ष्यसहित मण्डपमा सचिवालय स्थापना गरिएको संघका महासचिव हरि बहादुर खत्रीले बताउनु भयो । शुक्रवारबाट प्रदर्शनी तथा उद्योग संघको सबै काम सचिवालयबाट हुने महासचिव खत्रीले जानकारी दिनु भयो ।
काठमाडौं बाहिर निमार्ण गरिएको पहिलो अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको औद्योगिक प्रदर्शनीमा उपभोक्ता दर्शकहरुले नयाँ स्वाद र व्यवस्थापन हेर्न पाउने संघका अध्यक्ष माधव प्रसाद पौडेलले बताउनु भयो । अध्यक्ष पौडेलले आर्थिक गतिविधि खस्दो वर्तमान अवस्थामा प्रदर्शनी आयोजना चुनौतिपूर्ण रहेको बताउदै त्यसलाई आत्मसाथ गर्दै प्रदर्शनीको आयोजनाले उद्योगी, व्यवसायी एवं उपभोक्तामा उत्साहा जगाउने विश्वास व्यक्त गर्नु भएको छ ।

“संमृद नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ हुन लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ मा स्वदेशी उत्पादन, प्रविधि र कृषि एवं पर्यटनको विकासका लागि समयको परिवर्तनस“गै परिमार्जित र परिस्कृत स्टलहरु समावेश गरिने संघले जनाएको छ ।
प्रदर्शनीमा सहभागिताका लागि स्टल दर्ताको काम सुरु भएको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो । उहाका अनुसार प्रदर्शनीमा विभिन्न प्रकृतिका करिव ५ सयसम्म विभिन्न प्रकृतिका स्टलहरुको सहभागिता रहने र शुक्रवारसम्म ५० वटा स्टल दर्ता भएका छन् ।
प्रदर्शनीका विशेषता रुपमा स्वदेशी उत्पादनको प्रदर्शन, प्रवद्र्धन तथा बजारीकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन एवं सूचना केन्द्र, विभिन्न लोक संस्कृति प्रदर्शन, दोहोरी गीत, लोकगीत र लोक नृत्य प्रतियोगीताहरु, प्रदर्शनी आइडल, औद्योगिक सूचना केन्द्रको संचालन, सूचना प्रविधि ग्रामको संचालन, कृषि ग्राम संचालन, अटो पेभेलियन, विभिन्न खेलकूद प्रतियोगिताहरु रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP