मंगलबार , बैसाख २९, २०८३

देवदह । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विशवकर्माले रुपन्देही क्षेत्र नंं १ लाई विकासमा नमूना बनाउने योजना रहेको बताएका छन् ।
रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेता विश्वकर्माले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिका क्षेत्रमा एमालेले अघि सारेका योजनाहरु पूरा हुँदा जिल्लाकै नमुना हुने बताए ।

शुक्रबार देवदहका विभिन्न चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता विश्वकर्माले देवदहमा सय बिगाह क्षेत्रफलमा लुम्बिनी बौद्ध विश्व विद्यालय स्थापनालाई पूर्णता दिनसक्दा यो क्षेत्रले शिक्षामा फड्को मार्ने बताए । यस्तै तिलोत्तमामा बन्ने सरकारी मेडिकल कलेज पनि यही क्षेत्रमा पर्ने भएकाले त्यसको छिटो निर्माण पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए । अव्यवस्थित र सुकुम्बासीलाई जग्गाको मालिक बनाउने, खैरेनी–भगवानपुर सडकलाई पूर्णता, क्षेत्र नंं १ का सबै पालिकामा रिङरोड निर्माण, रोहिणी नदी संरक्षणसंगै जलासययुक्त बाँधबाट पर्यटन विकासलाई एमालेले प्राथमिकतामा राखेको उनले बताए । बुद्ध मावली क्षेत्रलाई लुम्बिनीसंग जोडेर अन्तराष्ट्रिय पर्यटकीयस्थल बनाउने, रोजगारी सिर्जना, शैक्षिक संस्थाको गुणस्तर बृद्धि सबै पालिकामा १५ शैयाका अस्पताल निर्माणलाई पूर्णता दिने, खैरेनीमा रहेको प्रहरी चौकीको स्तरोनति गरी इप्रकामा विस्तार गर्ने, देवदहमा राष्ट्रिय बाणिज्य बैङ्कको शाखा स्थापना एमालेको योजना रहेको उनले बताए ।

देवदह–१, ढेकार र देवदह–११ शंकरपुरमा एमाले राप्रपा जसपाको सम्पर्क कार्यालय उद्घाटन र कोणसभालाई सम्बोधन गर्दै राप्रपाका नेता ताहिर अलीले देशको राष्ट्रियता जोगाउन, भ्रष्टाचार र महंगी नियन्त्रण गर्न तीन दलको गठबन्धन बनेको भन्दै रुपन्देही १ का तीनवटै क्षेत्र अत्यधिक वहुमतले जित्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार आशिष चौधरी, एमाले नेता डा. कृष्ण न्यौपाने, राप्रपा नेता माधव रिमाल, एमाले नेता अजय रौनियार, भेषराज भट्टराई, ओमसतितयाका निवर्तमान अध्यक्ष हिरा केवट, एमालेका कृष्ण पौडेल, राजु चौधरी,लक्ष्मी पंगेनी, बोधराज गौडेललगायतले एमाले राप्रपा जसपाको जित सुनिश्चित भएको बताए ।

यसैबीच रुपन्देही १ (२) का प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेले शुक्रबार रोहिणीको १ र २ तथा ओमसतियाको वडा नं ४ मा घरदैलो गरेका छन् । सो क्रममा उम्मेदवार न्यौपानेले आफू यसअघि सांसद हुँदा अघि सारेका तर पूरा नभएका विकासे आयोजननाहरु पूरा गर्न र थप नयां योजना ल्याउन उम्मेदवार बनेको बताए । घरदैलोका क्रममा जनताले दिएको माया र रायसुझावले उत्साहित बनाएको न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP