सोमबार , भाद्र १५, २०८३

बुटवल । बुटवल उप–महानगरपालिका –११ मजुवाबाट नेकपा एमाले लगायत विभिन्न राजनितिक दलका ७५ जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन ।

एमाले नेता व्यक्तिवादी सोचले ग्रस्त भएको र आम जनताको समस्यालाई सम्वोधन गर्न नसक्ने भएकाले माओवादी केन्द्र रोजेको उनिहरुको भनाई छ । माओवादी केन्द्रकी नेतृ सिता शाहीको विशेष पहलमा ७५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको उक्त पार्टीका वडा सचिव शत्रुघन शाहले जानकारी दिए ।

वन्दना रावल, निज बहादुर खत्री, गिता गुरुङ, सस्मिता परियार, अस्मीता देवकोटा, सुरज धोवी, कल्पना थापा, निर्मला घिमिरे, वविता थापा, धनवहादुर विक, कुमार नेपाली लगायतका स्थानीय कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

शुक्रवार एक कार्यक्रम विच पार्टीमा प्रवेश गराउंदै माओावदी केन्द्रका नगर अध्यक्ष महेन्द्र भूसालले माओवादी केन्द्र र गठवन्धनको सरकारले मात्र जनताको समस्या वुझेको बताउदै नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिईने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP