मंगलबार , बैसाख २९, २०८३

भैरहवा।सिद्धार्थनगर नगरपालिकामा रहेका युवा उद्धमी, व्यवसायी र बैंकरहरूले रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पाँच दलीय गठबन्धनका उम्मेदवार बालकृष्ण खाणलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । कुनै पनि राजनीतिक दलमा सहभागी नभएका युवा उद्धमीहरू गृहमन्त्री खाणलाई निर्वाचनमा निसर्त सहयोग गर्ने बताएका हुन् ।

शुक्रबार भैरहवामा मार्यक्रम गरि उनीहरूले आफ्नो क्षेत्रको प्रतिनिधि नेपाल सरकारको गृहमन्त्री बन्नु आफूहरूका लागि गर्वको कुरा भएको भन्दै यस क्षेत्रको विकासका लागि निसर्त सहयोग गर्ने बताएका हुन् ।

क्षितिज मुनकर्मीको संयोजन र हरि आचार्यको सञ्चालनमा भएको कार्यक्रममा गृहमन्त्री खाणलाई अगाडि बढ्न आफूहरू लौरो बन्दै हातमा हात, साथमा साथ बन्न तयार रहेको बताएका थिए । मार्यक्रम सञ्चालक आचार्यले आफूहरूको क्षेत्रको व्यक्ति उच्च ओहदामा पुगेकोमा गर्व गर्दै थप उच्च ओहदामा पुर्‍याउन हरसम्भव प्रयास गर्ने बताउनु भयो ।

कार्यक्रममा सहभागी हुनुभएका गृहमन्त्री खाणले नेपालको विकासका लागि युवाको उद्धमशीलता र उर्जा आवश्यक रहेको बताउनुभयो ।
अब राज्यले नीति बनाउदा श्रमिक, मजदुर, उद्धमी र विभिन्न पेशा व्यवसाय सम्हालेर बसेका युवाहरूसंग सल्लाह र सुझाव लिने बताउनुभयो ।

आफ्नो पेसामा लगनशीलताका कारण सफल भएकाहरूको उदाहरण दिनुहुदै गृहमन्त्री खाणले युवाहरूले गर्ने क्रियशनमा सरकारले भरपुर सहयोग गर्ने बताउदै नागरिक धनी भएमा मात्रै मुलुक समृद्ध बन्ने बताउनुभयो । उहाले लोकतान्त्रिक व्यवस्थामा मात्रै उद्धम, व्यवसाय र पेशा फस्टाउने भन्दै लोकतन्त्रलाई सस्थागत गर्नलागेको शक्ति लाई निर्वाचनका माध्यमबाट निति निर्माण तहमा पुर्‍याउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP