मंगलबार , अषोज २७, २०८३

काठमाडौं । स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले फिल्म निर्माण गर्ने भएको छ । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् । यम थापाको कथा रहने फिल्मका लागि बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ ।

थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतिमा बन्ने फिल्मका लागि कलाकार फाइनल भइसकेका छैनन् । नाम नजुराइएको फिल्म चाँडै छायांकनमा जाने निर्माण पक्षले जनाएको छ । निर्माता अग्रवालले फिल्मको कलाकार र प्राविधिकको नाम केही समयमा सार्वजनिक गरिने बताए । निर्देशक भण्डारीका अनुसार फिल्म आगामी वर्षको दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP