मंगलबार , बैसाख २९, २०८३

भैरहवा । हिमालयन एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान थालेको छ । काठमाडौंको ट्राभल एजेन्सीले गरेको चार्टर बुकिङ हिमालयनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो उडान गरेको हो ।

नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि हिमालयनले पहिलो चार्टर उडान क्वालालम्पुरका लागि गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडाउने भए पनि एयरलाइन्सले यात्रुहरुलाई भैरहवाबाट उडाएको हो । एयरलाइन्सले यात्रुहरुलाई चार वटा गाडीमार्फत भैरहवा ल्याएको थियो । जहाजले आजै यहाँबाट १३५ यात्रु जना यात्रु मलेसिया लैजानेछ । उडान समयतालिका १ः५० बजे रहे पनि पहिलो दिन भएकाले आज केही ढिलो भएको कम्पनीले जनाएको छ ।

हिमालयले अब नियमितजसो अन्तर्राष्ट्रिय उडान उक्त विमानस्थलबाट गर्नेछ । काठमाडौंबाट क्वालालम्पुर, त्यहाँबाट भैरहवा, भैरहवाबाट क्वाललम्पुर र क्वाललम्पुरबाट काठमाडौंसम्म उडान भर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP