शनिबार , भाद्र १३, २०८३

काठमाडौँ।आईसीसी टि २० विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई पराजित गरेको छ । अष्ट्रेलियामा जारी विश्वकपमा भारतले बंगलादेशलाई डकवर्थ लेविस मेथडअनुसार ५ रनले पराजित गरेको हो । एडिलेड ओभलमा भएको खेलमा टस जितेर बंगलादेशले पहिले फिल्डिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले सर्वाधिक ६४ रन बनाए भने केएल राहुलले ५० रन जोडे । खेलमा बंगलादेशका हसन महमुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए ।

१८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको बंगलादेशको इनिङ वर्षाका कारण प्रभावित भएको थियो । सातौँ ओभरमा बंगलादेश कुनै विकेट नगुमाई ६६ रन बनाएर खेलिरहेका बेला वर्षा बाधक बन्न पुगेको थियो । वर्षाले केही समय खेल प्रभावित बनाएपछि डकवर्थ लेविस मेथडअनुसार बंगलादेशलाई १६ ओभरमा १५१ रनको लक्ष्य दिइएको थियो ।

तर बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर केबल १४५ रनमात्र बनाउन सक्यो । बंगलादेशका लिटन दासले सर्वाधिक ६० रन बनाए भने नुरुल हसनले २५ रन जोडे । भारतका हार्दिक पाण्ड्या र अर्शदीप सिंहले समान २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP