सोमबार , भाद्र १५, २०८३

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्च अदालत जाने भएको छ । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।

तर मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी कायम रहेको छ । सो अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च जाने तयारी भएको आयोग स्रोतले बताएको छ ।

‘सर्वोच्च अदालतले लाभको पदका बारेमा अलि गलत रुपमा व्याख्या गरेर अन्तरिम आदेश दियो भन्ने हाम्रो मूल्यांकन हो’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘मंगलबार नै सर्वोच्च अदालतको अर्को संयुक्त इजलासबाट जारी भएको आदेश त्यो आदेशसँग बाझिन्छ । अन्तरिम आदेश अध्ययन गरेर हामी सक्दो छिटो सर्वोच्च अदालत जाने तयारीमा छौं ।’

बुधबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि त्यस्तै संकेत गरे । ‘हामीले उम्मेदवारी खारेजीको निर्णय गर्दा सर्वोच्च अदालतले गरेको निर्णयलाई आधार बनाएको हो । कानूनमा) लाभको पद भनिदिएको छ । (त्यो भनेको के हो) कहि कतै लेखिदिएको छैन’ उनले पत्रकार सम्मेलनमा भने, ‘एउटा व्याख्या भएर त्यसैका आधारमा काम गर्दा फेरि अर्को आइपर्छ । तपाई हामीलाई सधैलाई अस्पष्टता भयो । आयोग यसलाई उपयुक्त व्याख्या गराउनको निम्ति प्रयन्त गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP