सोमबार , भाद्र १५, २०८३

काठमाडौँ : हिमालय एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुवाहक चार्टर उडान गर्ने भएको छ । । हिमालयले काठमाडौं–क्वालालम्पुर–भैरहवा र भैरहवा–क्वालालम्पुर–काठमाडौं रुटमा चार्टर उडान थाल्ने भएको हो ।

चिनियाँ र यति एयरलायन्सको लगानी भएको हिमालय एयरलायन्सले बिहीबारदेखि भैरहवाबाट मेलेसिया उडान गर्ने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार ८ वटा चार्टर उडानको अनुमति दिएको हो । प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार हिमालयले नियमित उडानमा जानुअघि भैरहवाबाट चार्टर उडानका लागि मंगलबार अनुमति मागेको थियो । त्यही अनुसार प्राधिकरणले बिहीबारदेखि नै उडान गर्न अनुमति दिएको हो ।

मलेसियासँग नेपाल सरकारले भैरहवाबाट व्यवसायिक उडान गर्ने सम्झौता नगरेसम्म उसले चार्टरकै अनुमति लिई मलेसिया उडान गर्नेछ । हिमालयको काठमाडौंबाट मलेसियाको क्वालालमपुर लागि उडेको जहाज भैरहवा फर्किने छ । त्यहाँबाट यात्रु लिएर पुनस् मलेसिया पुगेर त्यही जहाज काठमाडौं फर्किने अनुमति छ । यसका लागि हिमालयले दुई सेट चालकदल राख्नुपर्ने छ । जसमध्ये एक सेट पहिल्यै मलेसियामा रहनेछ ।

प्राधिकरणले हाल हिमालयलाई काठमाडौंबाट सातामा १० वटा उडानको अनुमति दिएको छ भने नेपाल वायुसेवा निगमले सातामा ५ वटा उडानको अनुमति पाएको छ । प्राधिकरणसँग हिमालयले सातामा १४ वटा उडान मागेको थियो भने निगमले ७ वटा मागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP