मंगलबार , बैसाख २९, २०८३

बुटवल, १६ कात्तिक । रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धनले प्रत्येक वडामा निर्वाचन प्रचारप्रसार तथा परिचालनको लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । नेपाली काँग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नं. २ (क) अन्तरगतका १० वटै वडामा प्रचारप्रसार कार्यालय स्थापना गरिएको प्रदेश सभा क का सचिव बालकृष्ण अर्यालले बताउनु भयो । ती कार्यालयको प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार केशवबहादुर थापा र प्रदेश (क) का उम्मेदवार दीर्घबहादुर केसीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । त्यस्तै प्रदेश सभा (ख) अन्तरगतका वडामा पनि प्रचार प्रसार कार्यालय स्थापना गरिएको छ । यी कार्यालयबाट वडा स्तरमा चुनाव प्रचार प्रसार तथा परिचालनको काम हुने प्रदेश सभा (क) का सभापति खड्गबहादुर महतले जानकारी गराउनु भयो ।

त्यस्तैगरी आसन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेद्वारलाई जिताउनको लागि दलित समुदाय क्रियाशिल भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टी निकटका दलित समुदायका अगुवाहरुको बैठकले साझा उम्मेद्वारलाई विजयी बनाउनको लागि निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको नेपाल दलित संघ रुपन्देहीका अध्यक्ष रवि बिकले जानकारी गराउनु भयो ।

बैठकमा नेपाली काँग्रेसका रवि विक, थानेश्वर विश्वकर्मा, जनमुक्तिका हरिओम विक, एकीकृत समाजवादीका यमबहादुर सुनार, नेकपा माओवादी केन्द्रका प्रकाश सुनारले भनाई राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP