मंगलबार , बैसाख २९, २०८३

बुुटवल। गृहमन्त्री बालकृष्ण खाणले बर्तमान ब्यबस्था प्रति केही असन्तुष्टि जाहेर गर्दै मुलधारको राजनीती भन्दा बाहिर रहेका दलहरुलाई पनि राष्ट्रिय राजनितीको मुलधारमा ल्याउन सरकारले पहल गरीरहेको जानकारी दिनुुभएको छ । उहाँले असन्तुष्ट्रि जाहेर गर्ने अधिकार सवै नागरीक र दलहरुलाई भए पनि निर्वाचन विथोल्ने अधिकार भने कसैलाई नभएको स्पष्ट समेत पार्नुुभएको छ ।

बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उहाँले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार नभएको भन्दै मुलधारको राजनीतीमा आउन समेत आग्रह गर्नुुभयो । ‘हामी मिल्ने सम्म लचक भएर असन्तुुष्ट्र दलहरुसगं सम्वाद र छलफल गरीरहेका छौ । उहाँले भन्नुुभयो – कतिपय मागहरु ऐन संसोधन बिना सम्वोधन गर्न सकीदैन । सरकारले ऐन तर्जुमा गरेर भएपनि जायज माग सम्वोधन गरी असन्तुुष्ट्र समूहलाई मुलधारमा ल्याउने प्रयत्न गरीरहेको छ ।’

गृहमन्त्री खाणले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको पनि बताउनुुभयो । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्ययमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उहाँले भन्नुुभयो, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।


उहाँले सरकार भयरहित, शान्तिपूर्ण, स्वतन्त्र र भयरहीत निर्वाचन गराउन प्रतिवद्ध भएको बताउदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई आग्रह समेत गर्नुुभयो । ‘सबै नागरिक सुरक्षीत होउन् । ढुक्कसंग मतदानस्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उहाँले भन्नुुभयो,‘त्यसकालागि सुरक्षा व्यवस्थापनमा कुनै कसर बाकी नराख्नु ।’

गृहमन्त्रालय र आन्तरीक मामिला, कानुन तथा संचा मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख ससस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरु सहभागी छन् । उनीहरुले दिनभर सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने प्रदेशका आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले जानकारी दिनुुभयो ।

तस्बिर ः बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा गृहमन्त्री बालकृष्ण खाण लगायत ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP