मंगलबार , बैसाख २९, २०८३

लुम्बिनी ।लुम्बिनी विकास कोषद्धारा दशैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदु्षणमुक्त बनाउनका लागि भन्दै ५ वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको थियो ।

दशैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले जानकारी दिए । उनका अनुसार असोज १३ देखि कार्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ जना यात्रुले निशुल्क धम्म यात्रा नामक विजुली बसको सेवा लिएका छन् ।

६ वटा रुटमा ५ वटा बस मार्फत ५ सय २७ ट्रिप बस सञ्चालन हुँदा १६ हजार ३ सय ८४ किमि दुरी यात्रा गरेको कोषले जनाएको छ । यान्त्रिक परीक्षण इकाई समितिका अनुसार सबैभन्दा बढि लुम्बिनी बेलहिया रुटमा सबैभन्दा बढि १ सय ६० ट्रिप बस चल्दा ५ हजार ७ सय ८३ जना यात्रुले निशुल्क बिजुली बसको सेवा लिएका छन् ।

लुम्बिनी तिलौराकोट रुटमा १३१ ट्रिप बस चल्दा ५ हजार ७२, लुम्बिनी रामग्राम रुटमा ४८ ट्रिप बस चल्दा २ हजार २ सय ७०, लुम्बिनी बुटवलमा ४६ ट्रिप बस चल्दा एक हजार ३ सय ४६ जनाले सेवा लिएको संयोजक पौडेलले बताए ।

त्यसैगरि लुम्बिनी देवदह रुटमा ५६ ट्रिप हुँदा २ हजार ८ सय १४ जना र लुम्बिनी वरपर र रामापुरसम्म ६८ ट्रिप बस चल्दा २ हजार ५ सय ७३ जनाले धम्म यात्राको सेवा लिएको कोषले जनाएको छ । लुम्बिनीमा सञ्चालित सटल बस शुरुको चरणमा ५ दिनमात्रै सञ्चालन भएको थियो । शुरुमा यान्त्रिक परीक्षण १५ दिन सञ्चालन गर्ने भनिएपनि कोषको सचिवालय बैठकले १५ दिन थप गरि छठसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बसको यान्त्रिक अवस्था, चार्जिङ जस्ता प्राविधिक पक्षको परीक्षण गर्दा सफल देखिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । उनले कोषले बसलाई व्यवसायिक रुपमा सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याइने बताए । एक महिनासम्म यान्त्रिक परीक्षण गर्दा प्राविधिक रुपमा बस तयार भएको निष्कर्ष निकालिएको तर, सञ्चालनका लागि आवश्यक विधि र बसलाई हरियो नम्बर प्लेटमा ल्याउने काम प्रक्रियामा रहेकाले छिट्टै सञ्चालन गरिने कोषाध्यक्ष भट्टराईले बताए ।

उक्त धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यलय रुपन्देहीको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरीबलबाट चालक र सहयोगी प्राप्त भएकोमा कोषले धन्यवाद दिएको छ।

कोषले बिजुली बसको यान्त्रिक परीक्षणका लागि बोर्ड सदस्य पौडेलको संयोजकत्वमा धर्मेन्द्र पाल र जावेद खाँन सदस्य रहेको तीन सदस्यीय बिजुली बस सञ्चालन परीक्षण इकाई समिति गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP