मंगलबार , बैसाख २९, २०८३

भैरहवा।रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा मंगलबारदेखि वृहत खुल्ला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानको सहभागीता रहेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुद क्षेत्रको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले युवाहरुलाई प्रोत्साहन गर्न र तराई–मधेशमा लोकप्रिय कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । उनले भने, ‘लोप हुन लागेको कुस्तीको संरक्षणको लागि पाँच लाख बजेट बिनियोजन गरी गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको छ, आगामी दिनमा पनि कुस्ती लगायत अन्य खेलकुद प्रतियोगितालाई निरन्तरता दिनेछौं ।’

प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्तत्वनालाई १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए । उनले भने, ‘निर्णायकको निर्णयअनुसार पहलमानहरुलाई प्रोत्साहनवापत साइकल र टेलिभिजनको व्यवस्था गरिएको छ ।’ गाउँपालिकाले आयोजना गरेको कुस्ती प्रतियोगिता खेलाडीहरुलाई प्रोत्साहन गर्ने पर्सा जिल्लाबाट आएका पहलमान राज यादवले बताए ।

रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, योजना शाखा प्रमुख राजकुमार मिश्राको स्वागत तथा पत्रकार पशुपति यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP