सोमबार , बैसाख ८, २०८२

भैरहवा।रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा मंगलबारदेखि वृहत खुल्ला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानको सहभागीता रहेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुद क्षेत्रको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले युवाहरुलाई प्रोत्साहन गर्न र तराई–मधेशमा लोकप्रिय कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । उनले भने, ‘लोप हुन लागेको कुस्तीको संरक्षणको लागि पाँच लाख बजेट बिनियोजन गरी गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको छ, आगामी दिनमा पनि कुस्ती लगायत अन्य खेलकुद प्रतियोगितालाई निरन्तरता दिनेछौं ।’

प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्तत्वनालाई १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए । उनले भने, ‘निर्णायकको निर्णयअनुसार पहलमानहरुलाई प्रोत्साहनवापत साइकल र टेलिभिजनको व्यवस्था गरिएको छ ।’ गाउँपालिकाले आयोजना गरेको कुस्ती प्रतियोगिता खेलाडीहरुलाई प्रोत्साहन गर्ने पर्सा जिल्लाबाट आएका पहलमान राज यादवले बताए ।

रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, योजना शाखा प्रमुख राजकुमार मिश्राको स्वागत तथा पत्रकार पशुपति यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP