मंगलबार , बैसाख १६, २०८२

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३७ करोड ८६ लाख ७९ हजार नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यो गत आवको सोही अवधिको तुलनामा ५६ दशमवल ४६ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा २४ करोड २० लाख २७ हजार नाफा कमाएको थियो ।

निफ्राको नियामकीय समायोजन (रेगुलेटरी एड्जस्टमेन्ट) पछिको नाफा भने रु २९ करोड ८५ लाख ७७ हजार छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ दशमलव ५८ प्रतिशत अर्थात् रु १० करोड ७९ लाखले बढी हो ।

पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित बैंकले समीक्षा अवधिमा रु ६५ करोड ५७ लाख खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकसँग नगद वा नगदसरहको सम्पत्ति रु तीन अर्ब ७९ करोड ५८ लाख १२ हजार छ भने नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात रु ३८ करोड ९० लाख ८५ हजार छ ।

त्यस्तै निफ्राले आफ्ना ग्राहकलाई दिएको कर्जा तथा सापटी रु १७ अर्ब ८१ करोड छ लाख १३ हजार छ । बैंकको चुक्ता पुँजी रु २१ अर्ब ६० करोड छ भने कूल सम्पत्ति रु २४ अर्ब ८४ करोड २४ लाख ७५ हजार छ । वित्तीय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी रु सात दशमलब ०१ छ ।

आर्थिक वर्ष २०७७ /७८ को तुलनामा आव २०७८ /७९ मा बैंकको खुदा मुनाफा २२ दशमलव १० प्रतिशतले बढेर रु एक अर्ब दुई करोड २५ लाख ५८ हजार पुगेको छ । गत आवमा बैंकको सञ्चालन खर्चमा एक सय २६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २३ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP