मंगलबार , बैसाख २९, २०८३

भैरहवा।गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको विकासका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन् । उनले मुलुकमा तीव्र विकासको जरुरी रहेको जनाउँदै अब सबैले जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए । खाँणले जनभावना अनुसार काम गर्दै मुलुकलाई सही दिशामा अगाडि बढाई विकसित बनाउन पाँच दलीय गठबन्धन गरिएको समेत दावी गरे ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले शनिबार नेपाल पूर्वप्रहरी संगठन, जिल्ला समिति रुपन्देहीले भैरहवामा आयोजना गरेको छलफलमा बोल्दै वर्तमान सरकार र गठबन्धनले मुलुकको हीतका लागि काम गरेको र आउँदा दिनमा पनि गर्ने जनाए ।

खाँणले पूर्वप्रहरीहरुलाई अवकास पछि पनि गतिशील बनाउन सकिए राष्ट्र र स्वयं व्यक्तिसमेत लाभान्वित हुने जनाए । ‘सेवामा रहँदा होस् वा अवकास पछि होस्, यहाँहरुको भूमिका हरेक ठाउँमा अहम् हुनेगर्छ’, गृहमन्त्री खाणँले भने । उनले सरकारले सेवामा रहँदा वा नरहँदा प्रहरी र अन्य सबै कर्मचारीहरुको सम्मान गर्ने र उनीहरुको बृद्धि विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

यस्तै, पाँच दलीय गठबन्धनले शनिबार भैरहवा र ओमसतियामा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थयसँगै कृषि क्षेत्रमा पनि प्रचुर सम्भावन रहेको उल्लेख गर्दै सरकारले यहाँको कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । उनले मुलुकलाई आत्मनिर्भर बनाउन कृषिमा आधुनिकीकरणसँगै क्षेत्र विस्तार जरुरी रहेको जनाए । ‘यसका लागि वर्तमान सरकार र निर्वाचन पछि बन्ने पाँच दली गठबन्धनको सरकार पनि कटिबद्ध हुनेछ’, खाँणले भने, ‘कृषि क्षेत्र फस्ट्यायो भने मुलुक पक्कै पनि आत्मनिर्भर बन्दै जानेछ ।’

उनले रुपन्देहीको कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले सेमलारमा देसकै ठुलो कृषि थोक हाटबजार संकलन तथा बिक्री केन्द्र स्थापना गर्न लागेको बताए । उनले कृषि थोकबजार स्थापना पछि यहाँ तरकारी तथा फलफूलजन्य बस्तुको उत्पादन बढ्ने र त्यसलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट कार्गोमार्फत बिदेश निर्यात गर्न सकिने उल्लेख गरे । मन्त्री खाँणले यसबाट हजारौँ रोजगारी सिर्जना हुने भन्दै उनले भविष्यमा रुपन्देही रोजगारीको केन्द्र समेत बन्ने दावी गरे ।

त्यस्तै, आफू सिंचाई मन्त्री हुँदा जिल्लामा सिंचाईका लागि जनताको तटबन्धन, स्यालो ट्युुवेल जडान जस्ता कार्यक्रम ल्याएको स्मरण गराउँदै भविष्यमा पनि कृषि क्षेत्रको बिकासका लागि आवश्यक पूर्वाधार निमार्ण गर्न केन्द्र सरकारबाट बजेट ल्याउन पहल गर्ने उनले प्रतिबद्धता जनाए । उनले गहुँको सिजनमा मल अभाव हुन नदिने गरी नेपाल सरकारले भारत सरकारसँग जिटुुजी मार्फत रासायनिक मल खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिए । दिर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्ने योजना समेत अगाडि बढाएको उनले बताए ।

गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं.३ (क) का प्रदेश सभा उम्मेदवार एवं पूर्वमन्त्री सन्तोषकुमार पाण्डेयले बिकासका लागि धर्म, जात, भाषा, क्षेत्रीयता भन्दा माथि उठेर बिकासप्रेमी नेतालाई बिजयी बनाउन आग्रह गरे । उनले आफू छोटो समयका लागि मन्त्री हुँदा भैरहवा क्षेत्रको बिकासका लागि सकारात्मक पहल गरेको जानकारी गराउँदै भविष्यमा यहाँको अझ बिकास र समृद्धिका लागि प्रतिबद्ध भएर जनतासँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP