मंगलबार , भाद्र १६, २०८३

बुटवल । सत्ता गठबन्धनले रुपन्देही २ मा प्रतिनिधिसभा सदस्यका लागि जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनको साझा उम्मेदवारको रूपमा समर्थन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन कार्यालयले खारेज गरिदिएको थियो ।

सर्वोच्च अदालतले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरिदिएको थियो । उम्मेदवारी खारेजीविरुद्ध परेको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेपछि सत्ता गठबन्धन रुपन्देही २ मा उम्मेदवारविहीन बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP