आइतबार , भाद्र १४, २०८३

रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा आज बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

सुलिचौरबाट गजुलका लागि छुटेको लु १ ज ३२३४ नम्बरको जीप सुलिचौर बजार नजिकै सेवा केन्द्र भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दाङको घोराही उपमहानगरपालिकाका ६० वर्षीय नारायण रिजाल, ५८ वर्षीय विष्णु रिजाल र ५० वर्षीया फाम्सी केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर र सात जनालाई कोहलपुर रिफर गरिएको छ । ब्रेक फेल भएर जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP