मंगलबार , बैसाख २९, २०८३

भैरहवा ।गृहमन्त्री बालकृष्ण खाँणले मुलुुकको करिब मध्ये भागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका आयोजना तथा सम्पदाहरु रहेकाले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र समेत बन्ने उनको भनाई छ ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं. ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले गठबन्धनद्वारा भैरहवामा आयोजित कार्यक्रममा बोल्दै रुपन्देहीमा आर्थिक तथा पर्यटकीय पूर्वाधार विकास जति धेरै गर्न सकियो, त्यति नै समग्र मुलुकको विकासका लागि कोशेढुंगा हुने जनाए । ‘पूर्वाधार मात्रै नभएर शिक्षा, स्वास्थ्य, रोजगारी बृद्धि लगायतका क्षेत्रमा पनि रुपन्देहीलाई अब्बल र विकसित बनाउन सरकारले कुनै किसिमको कमी हुन दिँदैन’, गृहमन्त्री खाँणले भने, ‘चुनाव पछि बन्ने गठबन्धन सरकारले यस कुरामा ध्यान दिन्छ, मैले ध्यान दिन्छु, रुपन्देहीमा हुने सबै किसिमका विकासमा बजेट अभाव हुने छैन ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई यात्रुु बाहकको साथै कार्गो सेन्टरको रुपमा बिकसित गरेर भैरहवालाई आर्थिक हव बनाउने अवसर पनि रहेको उनले बताए । ‘खाली यात्रुु ल्याउने लैजाने मात्र होइन्,’ गृहमन्त्री खाँणले भने, ‘गौतमबुद्ध बिमानस्थललाई कार्गो सेन्टरको रुपमा पनि बिकसित गरी रुपन्देहीलाई आर्थिक केन्द्र बनाउन सकिने अवसर हामीसँग छ । यसतर्फ पनि सरकार लागिरहेको छ । यो कामले छिट्टै पूर्णता पाउने छ ।’

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी केन्द्र भन्दा ठूलो खालको थोक बजार केन्द्र निमार्ण योजना पनि रुपन्देहीको सेमलारमा आएको उनले बताए । उक्त थोक बजार निमार्ण पश्चात यसक्षेत्रमा उत्पादित कृषिजन्य बस्तुु गौतमबुद्ध बिमानस्थल हुँदै बिदेश निर्यात गर्न सकिने पनि उनले जनाए । खाँणले बिदेबाट हवाई मार्ग हुँदै ल्याउनुु पर्ने मालसामान गौतमबुद्ध बिमानस्थल हुँदै ल्याउने र बिदेस निर्यात गर्ने सामान पनि यही बिमानस्थलबाट पठाउन वाताबरण सिर्जान हुँदा हजारौं रोजगारीका अवसर आउने र रोजगारीमा यसै क्षेत्रका स्थानीयलाई प्राथमिकता दिइने विश्वास दिलाए ।

अर्को प्रशंगमा उनले नेपाली जनतालाई नै नेपालको मालिक बनाउन पाँच दलीय गठबन्धन बनेको दावी गरे । ‘संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्ने काम यही गठबन्धनबाट हुन्छ,’ उनले भने, संविधानको पालना गर्दै यहाँ भित्र भएका कमीकमजोरी संशोधन गर्न पनि निर्वाचन पछि गठबन्धनकै सरकार आवश्यक छ ।’

रुपन्देही क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार सन्तोषकुमार पाण्डेयले जनभावनाअनुसार विकास र समृद्धि ल्याउन गठबन्धन जरुरी रहेको जनाए । उनले सिंगो रुपन्देहीलाई मुलुकको एक नम्बर विकसित जिल्ला बनाउन आफू र गृहमन्त्री बालकृष्ण खाँण मिलेर काम गर्ने प्रतिबद्धता जनाए । अवसरवादी, प्रतिगमनकारी र यसका मतियारलाई यसपटकको निर्वाचनमा दण्डित गर्नुपर्ने जनाउँदै पाण्डेयले गठबन्धनलाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP