सोमबार , बैसाख १५, २०८२

हिन्दुहरुकाे दाेस्राे महान पर्व तिहार पनि झिलिमिली बत्ती मखमली, सयपत्री र रङीचङी फुलहरु सगै हाम्रो घरआँगनमा आई सकेेकाे छ।

यसैगरी उच्च शिक्षाका लागि हाेस वा राेजगारका लागि देश छाडेर विदेशिएका नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीरु यतिबेला नेपाल संझीरहेका छन। गाउँघर साथीभाइ संझीरहेका छन र अझ बढि त देउसी भैलाे संझिरहेका छन।
प्रदेशमा बस्ने नेपालीहरुलाई यि र यस्तै संझनाहरु र नेपालकाे अत्यास मेटाउन यहाँ रहेका प्रबासि नेपालीहरुले पनि विभिन्न कार्यक्रम गरि रमाइलो मात्र गरेका छैनन कि नेपाली परम्परा आफ्नाे संस्क्रिती रितिरिवाज र धर्मकर्मलाई विदेशी भुमिमा चिनाउन लागि परेका छन भने आफ्नाे परम्परा जाेगाउन र सम्रक्षण गर्न समेत त्यतिकै खटिएका छन।

यसपालि तिहारमा पनि अष्ट्रेलिया काे डार्बिन सहर स्थित नेपालीहरुकाे संगठन NANTकाे आयाेजनामा र प्रवासी नेपालीहरुकाे संगठन NRNA NT काे विशेष सहयाेगमा यहि अक्टोबर 26 तारिखका दिन साँझ ६ बजेवाट फिलिपिनाे हलमा बडाे राेचक र रमाईलाे देउसीभैलाे कार्यक्रम गरिने भएकाे छ। यहीँका विभिन्न कलाकारहरुले रमाइला रमाइला साँगितिक प्रस्तुतिहरु दिने र अभिभावकहरुवाट छुट्टै राेचक राेचक कार्यक्रमहरु हुने उक्त कार्यक्रममा धेरै भन्दा धेरै जनाले उपस्थिति जनाई कार्यक्रमलाई थप आकर्षक बनाईदिनुहुन समेत आयाेजक ले हार्दिक अनुराेध गरेकाे छ।

साथै यसपाली देउसीभैलाे सबै नेपालीको घर घरमा आएर खेल्ने रहर हुदाँहुँदै पनि समयकाे अभावले त्यसाे गर्न नसकिएकाले सबैजना फिलिपिनाे हलमा उपस्थिति जनाई दिनु भई संस्थाकाे fund rise का लागि आ-आफ्नाे तर्फबाट सक्दाे भैलाे दान गरि सहयाेग पुर्याईदिन समेत आयाेजकले अनुराेध गरेकाे छ।

हिन्दुहरुकाे महान दाेस्राे ठुलाे चाड तिहारकाे उपलक्ष्यमा पुराखबरकाे तर्फबाट देश विदेमा रहनु हुने सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP