मंगलबार , अषोज २७, २०८३

हिन्दुहरुकाे दाेस्राे महान पर्व तिहार पनि झिलिमिली बत्ती मखमली, सयपत्री र रङीचङी फुलहरु सगै हाम्रो घरआँगनमा आई सकेेकाे छ।

यसैगरी उच्च शिक्षाका लागि हाेस वा राेजगारका लागि देश छाडेर विदेशिएका नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीरु यतिबेला नेपाल संझीरहेका छन। गाउँघर साथीभाइ संझीरहेका छन र अझ बढि त देउसी भैलाे संझिरहेका छन।
प्रदेशमा बस्ने नेपालीहरुलाई यि र यस्तै संझनाहरु र नेपालकाे अत्यास मेटाउन यहाँ रहेका प्रबासि नेपालीहरुले पनि विभिन्न कार्यक्रम गरि रमाइलो मात्र गरेका छैनन कि नेपाली परम्परा आफ्नाे संस्क्रिती रितिरिवाज र धर्मकर्मलाई विदेशी भुमिमा चिनाउन लागि परेका छन भने आफ्नाे परम्परा जाेगाउन र सम्रक्षण गर्न समेत त्यतिकै खटिएका छन।

यसपालि तिहारमा पनि अष्ट्रेलिया काे डार्बिन सहर स्थित नेपालीहरुकाे संगठन NANTकाे आयाेजनामा र प्रवासी नेपालीहरुकाे संगठन NRNA NT काे विशेष सहयाेगमा यहि अक्टोबर 26 तारिखका दिन साँझ ६ बजेवाट फिलिपिनाे हलमा बडाे राेचक र रमाईलाे देउसीभैलाे कार्यक्रम गरिने भएकाे छ। यहीँका विभिन्न कलाकारहरुले रमाइला रमाइला साँगितिक प्रस्तुतिहरु दिने र अभिभावकहरुवाट छुट्टै राेचक राेचक कार्यक्रमहरु हुने उक्त कार्यक्रममा धेरै भन्दा धेरै जनाले उपस्थिति जनाई कार्यक्रमलाई थप आकर्षक बनाईदिनुहुन समेत आयाेजक ले हार्दिक अनुराेध गरेकाे छ।

साथै यसपाली देउसीभैलाे सबै नेपालीको घर घरमा आएर खेल्ने रहर हुदाँहुँदै पनि समयकाे अभावले त्यसाे गर्न नसकिएकाले सबैजना फिलिपिनाे हलमा उपस्थिति जनाई दिनु भई संस्थाकाे fund rise का लागि आ-आफ्नाे तर्फबाट सक्दाे भैलाे दान गरि सहयाेग पुर्याईदिन समेत आयाेजकले अनुराेध गरेकाे छ।

हिन्दुहरुकाे महान दाेस्राे ठुलाे चाड तिहारकाे उपलक्ष्यमा पुराखबरकाे तर्फबाट देश विदेमा रहनु हुने सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP