आइतबार , भाद्र १४, २०८३

बुटवल । मानव अधिकार तथा शान्ति समाज कपिलबस्तुको चौथो साधारण सभा तथा दोश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले माधव घिमिरेको सभापतित्वमा ११ सदस्सिय कार्यसमिति चयन गरेको छ । समितिको उपसभापतिमा पशुपतिमणी त्रिपाठी, सचिवकमा बुद्धिसागर बेलबासे, सहसचिवमा बिष्णु पन्त पाण्डे, कोषाध्यक्षमा सिता मल्ल चयन भएका छन् । सदस्यहरुमा शिवकुमार कार्की, महेशराज पन्त, बिन्दबासिनी हरिजन, कृष्णप्रसाद भट्टराई, लक्ष्मण कार्की र बिनिता आचार्य चयन भएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मानव अधिकार तथा तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले समुन्नत समाज निर्माणका लागि मानव अधिकार र शान्ति अपरिहार्य भएको धारणा ब्यक्त गरेका छन् । सबै नागरिकले मानव जगत र जिवनसँग जोडिएका कार्यहरु गर्दा सुरक्षित र ब्यबस्थित ढंगले आफ्ना क्रियाकलाप संचालन गर्न पाउनु नै मानव अधिकार भएको उल्लेख गर्दै सभापति खनालले भयरहित, स्वतन्त्र र निश्पक्ष निर्वाचन मार्फत आफ्ना प्रतिनिधी चयन गर्नु लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए ।

सो अवसरमा बाणगंगा नगरपालीकाका उपप्रमुख रिताकुमारी चौधरी, शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल, केन्द्रिय सदस्य दिलबहादुर कार्की, जिल्ला सभापति गोविन्द पोखरेल, उपसभापति पशुपतिमणी त्रिपाठी, सचिव माधव घिमिरे, आजिवन सदस्य बासुदेव घिमिरे, निर्वाचन अधिकृत रविराज आचार्य, लगाएतले बर्तमान अवस्थामा मानव अधिकारको महत्व र आवश्यक्ता बारे चर्चा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP