शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ अदालतप्रति आफूहरुमा विश्वास रहेको बताएका छन् ।

आज (मंगलबार) काठमाडौंमा ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मंगलबार काठमाडौँमा ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो अदालतप्रति विश्वास छैन मैले भन्न खोजेको छैन । मैले विभिन्न सार्वजनिक सभाहरुमा पनि भन्दै आएको छु कि–अदालतमा मुद्दा छ अदालतले सही फैसला गर्छ भन्ने हामीलाई विश्वास छ ।’

अदालतले सहि फैसला गर्ने बताउँदै अध्यक्ष प्रचण्डले उनले पुस ५ गतेपछि आफूहरु शान्तिपूर्ण युद्धमा रहेको बताउँदै त्यो रक्तपातविही युद्ध जित्ने दावी गरे । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दा हारिसकेको समेत बताए ।

उनले आफूहरुले एकताको झण्डा उठाएको र प्रधानमन्त्री केपी शर्मा ओलीले फुट र विसर्जनको झण्डा उठाएको बताए । उनले पार्टी ठूलो दुःखले एकता गरेको बताउँदै फुटाउने प्रयास भइरहेको बताए । उनले जुन विधानअनुसार पार्टी एकता भएको थियो आफूहरु त्यसको पक्षमा रहेको रहे ।

‘एकताको झण्डा हामीले उठाएका छौँ, केपीजीले फुट, विसर्जन र विघटनको बाटो रोज्नुभो’, उनले भने, ‘पार्टी र देश, संविधान र लोकन्त्रलाई विसर्जन र विघटन गर्न बाटोमा जानु भएको छ । मुद्दा त उहाँले हारिसक्नु भयो । व्यवहारिक रुपले त्यसलाई परास्त गर्न यो युद्ध हामीले जित्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP