सोमबार , बैसाख १५, २०८२

भैरहवा ।नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ (ख) प्रदेश सभाका उम्मेदवार रामचन्द्र ढकालले रुपन्देहीबाट प्रदेशको राजधानी दाङ सार्नेलाई यो पटक मत नदिन मतदातालाई आग्रह गरेका छन् ।

गठबन्धनद्वारा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कांग्रेसले लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देहीमा तोकेको अवस्थामा प्रदेश सभाबाट राजधानी दाङ सार्न आफ्ना प्रतिस्पर्धीले भूमिका खेलेको भन्दै त्यस्ता उम्मेदवारलाई सवक सिकाउन भए पनि यो पटक मत दिन नहुुने उनले बताए ।

‘उहाँ (एमाले उम्मेदवार तुल्सीप्रसाद चौधरी)ले लुम्बिनी प्रदेशको राजधानी दाङ सार्न प्रदेश सभामा हस्ताक्षर गर्दा हामी रुपन्देहीमा राजधानी हुनुपर्छ भनेर आन्दोल गरिरहेका थियौं,’ कांग्रेस नेता ढकालले भने, ‘रुपन्देहीको बिकासका लागि को प्रतिबद्ध छ भन्ने कुरा मतदाताले बुुझ्ने बेला यही हो ।’

उनले संविधानको रक्षा गर्न कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको र अब देसको बिकास पनि गठबन्धनबाट सम्भव भएको जनाए । आफू बिजयी भए मतदाताको सिर निहुुरिने गरी कुनै पनि काम नगर्ने र जनचाहाना अनुसार आफ्नो क्षेत्रको बिकासमा लाग्ने प्रतिबद्धता उनको छ ।

ढकालले प्रदेशमा संविधानले ब्यबस्था गरे अनुसार काम गर्ने र संशोधन गर्नुुपर्ने विषयहरु संशोधन गर्दै जाने बताए । गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधि सभा उम्मेदवारमा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् भने प्रदेशसभा (क)मा गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सन्तोकुमार पाण्डेय उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP