शनिबार , जेठ ३२, २०८२

दाङ । दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । एक जनाको सकुशल उद्धार गरिएको छ ।
बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका–२ कि १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर–१ घर भइ दंगीशरणमा मामा घर आएकी १४ वर्षीया गोमा चन्द डुबेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

नदीमा डुबेकी दंगीशरण गाउँपालिका–२ कि १३ वर्षीया निरुता बस्नेतलाई भने उद्धार गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ ।

तुलसीपुर उपमहानगरपालिका–११ को मोतीपुर नजिकै शनिबार दिउँसो बबई नदीमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएका हुन् । उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले अहिले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 112 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP