बिहिबार , जेठ ९, २०८२

बुटवल। बुटवल उद्योग वाणीज्य संघको अध्यक्षको लागि उम्मेदवार दिएका उज्वल कसजुलाई १० जना पुर्व अध्यक्षले समर्थन जनाएका छन् । मंगलवार पत्रकार सम्मेलन गर्दै उज्वल कसजुलाई अध्यक्ष गराउनको लागि सबिया जना एकमत भएको जनाएका छन् ।

उज्वल कसजुलाई समर्थन गर्नेमा बर्तमान अध्यक्ष खिम बहादुर हमाल , महेशमान शिंह , सुरेन्द्र श्रेष्ठ , नवराज श्रेष्ठ , महेशराज भण्डारी , हिरा प्रसाद श्रेष्ठ , जीवन प्रसाद ओझा , अर्जुनमान सैंजु , कुश प्रसाद मल्लि र निर्मल प्रसाद लाकौल लगायतको रहेको छ ।

पत्रकार सम्मेलनमा कसजुले कोभिडमैत्री अर्थतन्त्रलाई जोड दिने, मोतिपुर औद्योगिक करिडोर प्रर्वद्धनको लागि लगानी सम्मेलन गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै सचिवालय व्यवस्थापन गरि प्रविधिमैत्री गराउने, भन्सार प्रणालिलाई व्यवसायिकमैत्री बनाउने, बजार क्षेत्रमा पार्कङ व्यवस्थापनको लागि ए ए मोडलको विस्तार गर्ने लगायतका एजेण्डा अघि सारेका छन् ।

कसजुले आफू २१ वर्षदेखी संघमा आबद्ध भएको ३ कार्यकाल कार्यसमिति सदस्य, एक एक कार्यकाल कोषाध्यक्ष, बाणिज्य उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष रहेको भन्दै अब संघको नेतृत्व गरेर केही गर्न चाहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP