शनिबार , जेठ २५, २०८२

क्वालालम्पुर । मलेसियामा आगामी मंसिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो ।

उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले पत्रकारलाई बताएका छन् ।

कुल दुई करोड ११ लाख ७३ हजार छ सय ३८ मतदातालाई सेवा दिन तीन लाख ६३ हजार पाँच सय १५ जना निर्वाचन अधिकृत खटाइने छ । देशभर आठ हजार नौ सय ५८ मतदान केन्द्र सञ्चालन गरिने छन् ।

सन् २०२० को फेव्रुवरीमा पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदको राजीनामापछि दुई जना प्रधानमन्त्री नियुक्त भए पनि देशमा राजनीतिक अनिश्चितताको अन्त्य नभएकाले प्रधानमन्त्री इस्माइल साब्री याकोबले गत असोज २४ गते संसद् विघटन गरेर तत्काल निर्वाचनका निम्ति मार्ग प्रशस्त गरेका थिए ।

दुई वर्षअघि मुहिद्दिन यासिन प्रधानमन्त्रीमा नियुक्त भए पनि आफ्नै गठबन्धनबाट संसद्का सदस्यहरूले समर्थन फिर्ता लिएपछि राजीनामा दिएका थिए । त्यसपछि इस्माइल साबरीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने


TOP