बुधबार , जेठ २९, २०८२

काठमाडौं । कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनी धरौटीमा रिहा भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए ।

नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीका कारण अपूर्व दशैंअघि नै १२ दिन थुनामा परिसकेका थिए । उनलाई पुनः पक्राउ गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा लगेको थियो ।

चार वर्षदेखि धेरै पटक धेरै ठाउँमा नेवार साथीहरूकै माझमा देखाएको स्ट्यान्डअप कमेडीको भिडियो युट्युबमा राख्दा सांस्कृति अभियन्ताले आपत्ति जनाएपछि उनले तत्काल माफी माग्दै भिडियो हटाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP