बुधबार , जेठ २९, २०८२

नयाँदिल्ली । भारतले बुधवार एक एडभाइजरी जारी गर्दै आफ्ना सबै नागरिकहरूलाई युक्रेन यात्रा नगर्न अनुरोध गरेको छ । युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै भारतले यस्तो एडभाइजरी जारी गरेको हो ।

युक्रेनमा रहेको भारतीय दूतावासले आफ्नो ट्वीटर ह्यान्डलमा भन्यो, ‘बिग्रिएको सुरक्षा अवस्था र युक्रेनमा हालै बढेको शत्रुतालाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई युक्रेन यात्रा नगर्न सल्लाह दिइन्छ ।’

आफ्ना नागरिकलाई सचेत गर्दै ट्वीटरमा अगाडि भनिएको छ, ‘हाल युक्रेनमा रहेका विद्यार्थीहरूसहित भारतीय नागरिकहरूलाई उपलब्ध माध्यमबाट चाँडो भन्दा चाँडो युक्रेन छोड्न सल्लाह दिइन्छ ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चार युक्रेनी क्षेत्रहरूमा मार्शल ल लागू गरेपछि यो सल्लाह आएको हो । । युद्ध चर्किने सम्भावना बढिरहेका बेला खेर्सनबाट मानिसहरू सुरक्षित क्षेत्रतर्फ बढेका प्राप्त विवरणहरुमा जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP