आइतबार , बैसाख १४, २०८२

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा कम्तीमा आठ जनाको ज्यान गएको छ । मष्टा गाउँपालिका–१ मा यात्रुवाहक जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

मृत्तकमध्ये चार जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मस्टा खेतकोटका १२ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया बसन्ती धामी रहेका छन् ।

‘दुर्घटनामा परेको जीप टुक्रा–टुक्रा भएको छ, अहिले घाइतेलाई उद्दार गरेर अस्पताल लैजादैछौँ,’ बझाङका डीएसपी जागेश्वर भण्डारीले भने । मष्टा गाउँपालिकाका सूचना अधिकारी पृथुराज जोशीका अनुसार दुर्घटनामा परेकामध्ये आठ जनाको घनास्थलमै ज्यान गएको हो ।

‘अहिले पनि उद्धार जारी छ । ६ जनालाई जिल्ला अस्पताल लगिएको छ’, उनले भने, ’मानवीय क्षतिको संख्या अझै बढ्ने सक्ने अवस्था छ ।’ सदरमुकाम चैनपुरबाट मष्टा गाँउपालिकाको वडा नं २ खेतकोट जाँदै गरेको सु.प.प्र ००१–००१ च ११७ नम्बरको जीप सडकबाट झण्डै दुई सय मिटर तल खोल्सामा झरेर दुर्घटना भएको हो । सडकबाट खसेको जीप भीरमा अड्किएको छ । जीपमा कति जना सवार थिए भन्ने एकीन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP