शनिबार , भाद्र १३, २०८३
१९ अक्टोबर २०२२ / चिरन बराल
विभिन्न कारणले नेपालवाट अष्ट्रेलिया आएका आमा बुवा अभिभावकहरु विदेशमा दिन बिताउन कठिन मान्ने, एक वर्षको भिसा भएपनि आतिएर एक महिना, दुई महिना , तिन महिनामै फर्किहाल्ने गरेका अनुभवहरु र तिताे यथार्थ हामी सबैले भाेगेकाे , जानेकाे र देखेकै कुरा हाे । तर अहिले आएर अष्ट्रेलियाकाे डार्बिन शहरमा आउने अभिभावकहरु आफू आफू एकजुट भई, चिनजान गरि कसरी विदेशकाे बसाइ रमाइलो बनाउने, दिन काट्न सजिलो बनाउने भन्नेवारे यहाँका अभिभावकहरु जागरुक हुन थालेका छन ।
विभिन्न कार्यक्रममा सक्रियताका साथ सहभागीता जनाउने, गाना बजाना गर्ने, भजन गाउने, पिकनिककाे आयाेजना गर्ने संगै Morning walk गर्ने जस्ता कार्यले पनि यहाँका अभिभावकहरु त्यति आत्तिएका देखिदैनन् । बरु कतिपय अभिभावक त फर्किनी दिन छिटाे न आई दिए हुन्थ्यो भन्न थालिसकेका छन भने कतिले त भिसा थप्दै पनि छन्। यसै प्रसङ्गमा यहाँका यिनै अभिभावक मध्य एकजना देव वहादुर केसी अक्टुबर २०  तारिखमा नेपाल जाने भएपछि यहाँका केही साथीहरू जाे वहाँ यहाँ आए पछि नजिक भएका छन ती मध्य १२/१५ जना साथीहरू मिलि डार्बिनमा सायद पहिलाे पटक अभिभावक द्वारा अभिभावककाे विदाई कार्यक्रम सम्पन्न भएकाे छ।
डार्बिनकाे अति नै रमणीय स्थल Nightcliff  जेटि भनिने ठाउँकाे समुन्द्रि किनारमा भएकाे विदाई कार्यक्रममा अभिभावकहरु गणेश प्र ढकाल , बिष्णु अर्याल, डाेलराज भण्डारी र महिला तर्फबाट प्रतिनिधित्व गर्दै शारदा खनालले बिदाइका भनाईहरु राख्दै याे सुरुवात जुन गरेका छाै यसलाई निरन्तरता दिनु पर्ने र यस्ता कार्यक्रमले अभिभावकमा उर्जा प्राप्त हुने भन्ने भनाइ राख्नु भएकाे थियाे। उक्त कार्यक्रममा चिरन बरालले विदाई सम्बन्धि कविता बाचन गर्दा माहाेल अलिकति भावुक समेत बनेकाे थियाे।
कार्यक्रमका अध्यक्ष तथा टिम कै ज्येष्ठ अभिभावक लिल  बहादुर रावलकाे अगुवाइमा सबै साथीहरू द्वारा खादा, माला,पहिराई पुष्पगुच्छा दिदै अबिर टीका लगाई सुरु गरिएकाे उक्त छाेटाे मिठाे कार्यक्रममा सबैकाे तर्फबाट मायाकाे चिनाे समेत प्रदान गरिएकाे थियाे। कार्यक्रमकाे सन्चालन अतिनै छिटाेछरिताे रुपमा आफ्ना गहन बिचार राख्दै टिमका सक्रिय अभिभावक रुक्मांगद शर्माले गर्नु भएकाे थियाे भने अन्तमा नेपाल जाँदै हुनु हुने देव वहादुर केसीले सबै लाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न भएकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP