आइतबार , बैसाख १४, २०८२

बुटवल। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।
बसपार्कको सरसफाई, खानेपानी, विश्रामस्थल व्यवस्थित गर्न, बसपार्कभित्रका अनुमति विना निर्माण भएका संरचना हटाउन नगरप्रमुख पाण्डेयले निर्देशन दिनुभएको हो ।

नगरप्रमुखको निर्देशनअनुसार अबदेखि बसपार्कभित्रको शौचालय सुविधा र पिउने पानीको सुविधा निशुल्क हुने भएको छ ।
बसपार्कभित्र भीडभाड बढ्ने गरी राखिएका ठेला र अन्य व्यवसाय हटाउने, विश्रामस्थल निर्माण गर्ने, निशुल्क वाईफाई सुविधा जडान गर्ने काम अघि बढाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो ।

‘बसपार्क एकदमै अव्यवस्थित र फोहोर भएकोले यसलाई व्यवस्थित गर्दै आवश्यक सुविधाहरु थप गर्नका लागि प्रमुखज्यूले निर्देशन दिनुभएको छ, उहाँले भन्नुभयो–अब बसपार्कलाई सफा र सुन्दर बनाउने काम अघि बढेको छ ।’

उहाँका अनुसार बसपार्कभित्र सुरक्षाका लागि सीसीटीभी जडान गर्ने, विश्रामस्थलमा दुईवटा टेलिभिजन सेट राख्ने, नियमित सरसफाइ गर्ने व्यवस्था मिलाइनेछ ।

यसअघि बुटवल उपमहानगरपालिकाले दशैंलाई लक्षित गरेर बसपार्कमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी यात्रु तथा यातायात मजदुर, सुरक्षाकर्मीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP