मंगलबार , अषोज २७, २०८३

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीको दबदबा देखिएको छ । हालसम्म छिनोफानो भएका खेलका पदकमा विभागीय टोली नेपाली सेना शीर्ष स्थानमा छ । सेनाले सुरुआतदेखि नै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ ।

पदक तालिकाको द्वितीय र तृतीय स्थानमा पनि विभागीय टोली अगाडि आएका छन् । प्रदेशले विभागीय टोलीलाई पछ्याइरहेका छन् । सोमबार दिउँसोसम्म ८७ स्वर्णपदकको छिनोफानो हुँदा सेनाले ३८ स्वर्णसहित अग्रता बनाएको हो । सेनाले २७ रजत र २१ कास्यसहित ८६ पदक जितेको छ ।

यसैगरी विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लब १२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० पदक जितेर सेनालाई पछ्याइरहेको छ । विभागीय टोली नेपाल पुलिस क्लबले ११ स्वर्ण, सात रजत र १७ कास्यपदकसहित ३५ पदक जितेर तृतीय स्थानमा रहेको छ । बागमती प्रदेश पदक तालिकाको चौथो स्थानमा छ । बागमती प्रदेशले १० स्वर्ण, १६ रजत र १० कास्यसहित ३६ पदक जितेको छ ।

आयोजक गण्डकी प्रदेशले हालसम्म आठ स्वर्ण, पाँच रजत र १५ कास्य गरी २८ पदक हात पारेको छ । गैरआवासीय नेपाल सङ्घ(एनआरएनए)ले चार स्वर्ण, तीन रजत र चार कास्यसहित ११ पदक जितेको छ ।

यसैगरी मधेस प्रदेशले दुई स्वर्ण, दुई रजत र चार कास्यसहित आठ पदक ल्याउँदा प्रदेश नं १ ले एक स्वर्ण, चार रजत र १३ कास्यसहित १८ पदक जितेका छन् । सुदूरपश्चिम प्रदेशले एक स्वर्ण, एक रजत र आठ कास्यसहित १० पदक जित्दा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले हालसम्म स्वर्णपदक ल्याउन सकेका छैनन् ।

लुम्बिनीले छ रजत र चार कास्यसहित १० पदक ल्याउँदा कर्णाली प्रदेशले एक कास्यपदक मात्र जितेर पदक तालिकाको पुछारमा छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यही असोज २८ देखि प्रतियोगिताका ३६ वटा खेल भइरहेका छन् । राष्ट्रिय खेलकुद आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP