मंगलबार , बैसाख २९, २०८३

भक्तपुर । नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बस्नेतले निर्वाचनपछि सिंहदरवारको नेतृत्व भक्तपुरले गर्ने दाबी गरेका छन् ।

रफत सञ्चार क्लबले सोमबार गरेको साक्षात्कारमा बस्नेतले विगतको पाँच वर्ष भक्तपुरको उपस्थिति सिंहदरवार रहेता पनि अब सिंहदरवारको नेतृत्व भक्तपुरले गर्ने दावी गरे । उनले प्रधानमन्त्री देउवाले स्वयम् दुर्लभ थापालाई हराएर देखाउन गरेको आग्रहलाई स्मरण गर्दै आफूले नेपाली कांग्रेसका तर्फबाट भक्तपुर क्षेत्र नं २ को प्रतिनिधि सभाका उम्मेदवार थापालाई तेब्बर मतान्तरले पराजित गर्ने ठोकुवा गरे ।

उनले गठबन्धनको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । उनले केपी ओेलीको प्रधानमन्त्रीत्वकालमा देशमा अभूतपूर्व विकास भएको तथा भक्तपुरमा समेत विकासको लहर आएको फेहरिस्त नै जितको आधार भएको चर्चा गरे ।

उनले भक्तपुरमा आएको विकासको लहरलाई कांग्रेसले रोक्न खोजेको उल्लेख गर्दै गठबन्धन सरकार बनेपछि भक्तपुरको विकासमा अवरोध भएको जनाए । उनले भक्तपुरका विभित्र अस्पताल र कलेजहरूमा कांग्रेसले आफ्ना आसपासेलाई नियुक्त गर्दै कमिशनको खेलमा डुबेको बताए ।

भक्तपुरको विकासको आँधीवेहरीलाई कांग्रेसले रोकेको बताउँदै आफूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानीको विकासका लागि ल्याएको योजना र बजेटको फेहरिस्त सुनाए । ती बजेट र योजनालाई गठबन्धन सरकारले कटौती गरी विकासमा बाधा पुरयाउने काम गरेको उनले चर्चा गरे ।

भक्तपुर क्षेत्र नं २ मा कांग्रेस र नेमकिपाले यसअघि जीत हासिल गरेर संसदको यात्रा तय गरेको अवधिमा भएको विकास भन्दा आफ्नो एक कार्यकालमा भएको विकासको मूल्यांकन गर्न समेत अनुरोध गरे । सांसद कोषबाट प्राप्त क्षेत्र नं. २ को १६ करोड बजेट कांग्रेसले आफ्ना आसेपासेको लागि खर्च गरेको बताउँदै आफूले भने यस क्षेत्रको भौतिक विकासमा खर्च गरेको उनले बताए । उनले कांग्रेसलाई उक्त बजेटको खर्च दिन समेत चुनौती दिए । उनले आफूले गरेको खर्चबारे सम्पूर्ण तथ्यांक दिनसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP