शनिबार , बैसाख १३, २०८२

कोक्स बजार । बङ्गलादेशमा दुई रोहिङ्ग्या समुदायका नेताको हत्या भएको छ । एक दर्जन व्यक्तिको भीडले उनीहरुको हत्या गरेको प्रहरीले आइतबार जनाएको छ ।

करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त हिंसात्मक आक्रमण गरेको हो । सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीपछि भागेर आई बसेका रोहिङ्ग्या शरणार्थीलाई बङ्गलादेश विशाल शिविरमा आश्रय दिइरहेको छ ।

हालैका महिनाहरूमा अव्यवस्थित बस्तीहरूमा हिंसा बढेको छ । गिरोहहरूले लागूपदार्थ तस्करीमा नियन्त्रण कायम गर्ने, शरणार्थीहरूको नागरिक नेतृत्वलाई हत्या र अपहरणमार्फत तर्साउने गरिरहेका छन् ।

प्रहरी प्रवक्ता फारुक अहमदले क्याम्प १३ मा शनिबार राति दुई रोहिङ्ग्या शिविरका नेताको हत्या भएको पुष्टि गरेका रोयटर्सले लेखेको छ । एक दर्जनभन्दा बढी रोहिङ्ग्या उपद्रवीहरूले क्याम्प १३ का प्रमुख ३८ वर्षीय मौलवी मोहम्मद युनुसको हत्या गरेका थिए । उनीहरुले अर्का माझी ३८ वर्षीय मोहम्मद अनवरको पनि हत्या गरेका छन् । युनुसको घटनास्थलमै र अनवरको अस्पतालमा मृत्यु भएको थियो ।

‘माझी’ रोहिंग्या शिविरका नेताका लागि एउटा शब्द हो । ‘पछिल्लो तीन महिनामा मात्रै शिविरमा कम्तीमा १४ रोहिङ्ग्याको हत्या भएको छ । गत वर्षको तुलनामा शिविरमा हत्याका घटनामा वृद्धि भएको छ’, महफुजुल इस्लामले एएफपीसँग भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP