शनिबार , भाद्र १३, २०८३
चन्द्र प्रकाश गुरुगं डार्विन (पुराखबर )
Darwin Volleyball Association को बार्षिक कार्यायोजना अन्तर्गत पर्ने DVA mixed volleyball Championship यहि आउदो २१-२३ अक्टूबर हुदैछ। यस पटक नजीकका अरु जिल्ला हरुबाट पनि टिमहरु सहभागि हुने हुदॉ यस प्रतियोगिता लाई BATTLE OF DISTRICTS नामाकरण राखिएको छ। सहभागी टिमहरुले महिला पुरुष गरी ६-१० जना खेलाडि आफ्नो टिममा नाम दर्ता गर्न पाउछन भने खेलको दौरानमा कम्तीमा २ जना खेलाडि बिपरित लिंगको अनिवार्य हुनु पर्नेछ। DVA को अनुसार हाल सम्म ७ टिम दर्ता भैसकेको छ र टिम दर्ता आगमी बुधवार सम्मा खुला रहने छ। टिम दर्ता शुल्क ६०० डलर रहेको यस प्रतियोगिता मा बिजेताहरुले ट्रफी पदक र नगद पुरस्कार समेत पाउने छ।
DVA बाट आयोजित भलिबल प्रतियोगिता हरुमा यो नै पहिलोपटक जसमा नगद पुरस्कार समावेश गरिएको। प्रथमलाई $१००० दोश्रोलाई $७५० र तेश्रोलाई $५०० नगद पुरस्कार राखिएको छ। सम्पुर्ण नगद पुरस्कारका प्रयोजग FRM Refrigeration & Air Conditioning हुन। त्यसैगरि प्रतियोगितालाई सफल पार्न Yogi’s way Restaurant र Amazing Education and Visa services दुई नेपालीहरुबाट संचालित ब्यवशायहरुले सहयोग गरेकाछन। Yogis Way का प्रबन्धक NRNA NT का निबर्तमान सहसंयोजक हुन भने Amazing Education and Visa services का संचालक संजीव गोर्खाली NRNA NT का बर्तमान सहसंयोजक हुन। संजीव पछिल्लो समयमा DVA बाट संचालित Men’s league मा POWER BALL टिमबाट खेलिरहेका पनि छन्। दुवैजनाले भलिबल नेपालको राष्ट्रीय खेल भएकोले भलिबल प्रतियोगितालाई सहयोग गर्न आफुहरु सधै तत्पर रहेको बताए। मरारा स्थित CDU NETBALL STADIUM मा हुन गईरहेको यस प्रतियोगिता मा दर्शक हरुले बिभिन्न जिल्लाका टिमहरुबीचको रोचक प्रतिस्पर्धा हेर्न पाउनेछन भने स्थानिय Master टिमको खेल समेत देख्न पाउनेछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP