सोमबार , अषोज २६, २०८३

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटवार्ता भएको छ । सर्वोच्च स्रोतका अनुसार सेना र सर्वोच्च अदालतबीच देखिएको जग्गा विवादका विषयमा कुराकानीका लागि थापा राणालाई भेट्न सर्वोच्च गएका हुन् ।
‘सर्वोच्च अदालतको पछाडिपट्टि सेनाको जग्गा छ । त्यो जग्गामा सर्वोच्चले भौतिक संरचना बनाएकोमा सेनाले हटाउन भनेपछि यही विषयमा कुराकानीका लागि प्रधानसेनापति सर्वोच्च आउनु भएको हो’, सर्वोच्च अदालत स्रोतले रातोपाटीलाई भन्यो ।

सोमबार दिउँसो थापालाई राणालाई भेट्न थापा उनको कार्यकक्षमै पुगेका थिए ।

कतिपयले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा फैसला अन्तिम चरणमा पुगेको बेला प्रधानन्यायाधीश र सेनाका प्रमुखबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरेपनि सर्वोच्च स्रोतले भने यसबारे कुनै कुराकानी नभएको स्पष्ट पारेको छ ।
यसैबीच जंङ्गीअड्डाले सिंहदरबार परिसरको जग्गाको समन्वयका लागि भेट भएको जानकारी दिएको छ ।

सिंहदरबार परिसरमा सेनाको स्वामित्वमा रहेको ९ रोपनी जग्गामा सर्वोच्च अदालतले भवन बनाउन लागेको र सो बारेमा छलफल गर्न प्रधान सेनापति सर्वोच्च पुगको सैन्य प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।

उनले भने–‘सर्वोच्च पछाडि नेपाली सेनाको पुरानो क्यावेलरीमा भवन बन्न लागेको छ, त्यसबारे समन्वयका लागी उहाँ प्रधानन्यायाधिशसँग भेट्न जानुभएको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP