मंगलबार , अषोज २७, २०८३
16/10/2022 चिरन बराल

विदेशी भुमिमा रहेर आफ्नाे अध्यन तथा कार्य व्यस्तताका बावजुद पनि नेपालीहरु विभिन्न समाजिक कार्यमा समेत सक्रिय रुपमा लागिरहन्छन भन्ने कुरा हिजाे भएकाे Suicide Intervention and awareness training मा नेपालहरुकाे सहभागिताले देखाएकाे छ। LifeTalk Suicide Safer Community ले आयाेजना गरेकाे उक्त कार्यक्रमकि ट्रेनर Tricia Maling ले बडाे उत्साहजनक रुपमा राेचक उदाहरणहरु प्रस्तुत गर्दै आत्महत्याका कारण, आत्महत्या गर्नु अघि मानिशमा देखिने लक्षण र त्यसलाई राेकथाम गर्ने उपाय आदि बारे तालिममा जानकारी दिनुभयाे।

अष्ट्रेलियाकाे डार्बिन स्थित Salvation Army, 3 Yanyula drive Anula काे हलमा भएकाे लगभग ३ घण्टा अबधिकाे उक्त तालिममा NRNA NT का अध्यक्ष बिष्णु चापागाई, NANT का अध्यक्ष आशिष कट्टेल विभिन्न संघ संस्थामा आबद्ध व्यक्तिहरु लगायत नेपाली भलिबल संघका सदस्यहरुकाे समेत उपस्थिति रहेकाे थियाे।
साथै उक्त तालिम सकिए लगत्तै लामो समय देखि डार्बिनमा रहि, हरेक कार्यक्रमलाई आर्थिक, भाैतिक रुपले मनै देखि सहयाेग पुर्याउदै आउनुभएका अति मिलनसार व्यक्तितब र Nepali volleyball club Darwin का संस्थापक किरण गाैतम डार्बिन छाडेर मेलव्रन जाने तय भईसकेकाले वहाकाे विदाईकाे समेत कार्यक्रम गरि सबै उपस्थित सदस्यहरुले खादा माला लगाई दिई अध्यक्ष द्वय द्वारा मायाकाे चिनाे प्रदान गरिएकाे थियाे। उक्त कार्यक्रमकाे सहजीकरण NANT का अध्यक्ष आशिष कट्टेलले गर्नु भएकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP