सोमबार , बैसाख ८, २०८२

कास्की । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडी हावी भएका छन् । हालसम्म नेपाल आर्मीले आठ स्वर्ण, नौ रजत र १० काँस्यसहित २७ पदक जित्दै शीर्ष स्थानमा छ ।

दोश्रो भएको बागमती प्रदेशले पाँच स्वर्ण, तीन रजत र दुई काँस्यसहित १० पदक जितेको छ । एपिएफले चार स्वर्ण, पाँ रजत र नौ काँस्यसहित १८ पदक जितेको छ भने नेपाल पुलिस क्लबले दुई स्वर्ण, एक रजत र दुई काँस्यसहित पाँच पदक पाएको छ ।

घरेलु मैदानमा गण्डकी प्रदेश कमजोर सावित भएको छ । गण्डकीले हालसम्म स्वर्ण र रजत पदक पाउन सकेको छैन । पाँच वटा काँस्य मात्रै पाएको गण्डकी सातौं स्थानमा छ । पाँचौ स्थानमा रहेको सुदुरपश्चिमले एक स्वर्ण र तीन काँस्यसहित चार पदक र लुम्बिनीले दुई रजत पदक पाएको छ ।

प्रदेश १ ले तीन कास्य मात्रै जितेको छ । कर्णाली, मधेश र एनआरएनए हालसम्म पदकविहीन छन् । हालसम्म २० इभेन्टका खेल सकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP