मंगलबार , बैसाख २९, २०८३

जनकपुरधाम । केन्द्रमा सत्ता गठबन्धनले आफ्ना मन्त्री हटाएपछि जसपाले त्यसको बदला आफ्नो नेतृत्वमा रहेको मधेस प्रदेश सभा सरकारबाट लिने तयारी अगाडि बढाएको छ ।

प्रधानमन्त्री देउवाले संघ सरकारमा रहेका जसपाका चार मन्त्री हटाएसँगै मधेस प्रदेशमा जसपाबाट मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका छन् ।

‘मुख्यमन्त्री ज्यूले सबै मन्त्रीलाई फोन गर्नु भएको छ । केन्द्रमा तपाईंको गठबन्धनले हाम्रो मन्त्री हटायो । हाम्रो पनि प्रदेशमा त्यही निर्णय हो । तपाईंहरूले रिजाइन गरिदिए राम्रो हुन्छ । होइन भने निर्णय त हामी गर्छाैँ । हाम्रो गठबन्धनको निर्णय पनि त्यस्तै हुन्छ भन्नु भएको छ,’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले भने । आफूले मुख्यमन्त्रीलाई बिहान निर्णय दिने भनेको उनले सुनाए । ‘दलका नेता बिहान बस्छौँ । राजीनामा गर्ने कि हटाउन दिने भनेर निर्णय गर्छाैँ,’ कांग्रेस संसदीय दलका नेता समेत रहेका मन्त्री यादवले भने ।

मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले पनि राजीनामाबारे बिहान निर्णय हुने बताए । राजीनामाका लागि केन्द्रबाट कुनै निर्देशन आइनसकेको उनले जानकारी दिए । एकीकृत समाजवादीका नेता रहेका कानुनमन्त्री प्रमोद यादवले पनि हालसम्म राजीनामा बुझाउने निर्णय भइनसकेको बताए ।

मधेस प्रदेश सरकारमा १० जना मन्त्री र चार जना राज्यमन्त्री छन् । जसमा जसपाबाट मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री, कांग्रेसका तीन, माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री छन् । सत्तागठबन्धनका नौजना मन्त्रीको पद धरापमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP