आइतबार , भाद्र १४, २०८३

सुर्खेत । पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर ७१५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् ।

प्रहरीको तथ्याङ्कअनुसार ७१५ घरपरिवारका चार हजार १०५ जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घर परिवारका एक हजार १०२ जना विस्थापित भएका छन् भने सबैभन्दा कम जाजरकोटका र रुकुमपश्चिममा तीन÷तीन घरपरिवारका ३० जना व्यक्ति विस्थापित भएका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सुर्खेतका आठ घरपरिवारका ४५ जना, दैलेखका २४ घरपरिवारका ९१ जना, सल्यानका ६० घरपरिवारका २२१ जना, जुम्लामा १८७ घरपरिवारका एक हजार १६६ जना विस्थापित भएक प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

कालीकोटमा १६७ घर परिवारका एक हजार २६९ जना, हुम्लाका ४५ घरपरिवारका १८१ जना विस्थापित भएका छन् भने डोल्पामा चार घरपरिवार विस्थापित भएका छन् । प्रहरीका तथ्याङ्कअनुसार मृतकको सङ्ख्या ३६ पुगेको छ ।
राहत र उद्धारका लागि एक हजार ९३८ प्रहरी खटाइएको सूचना अधिकार श्रेष्ठले जानकारी दिए । प्रतिकूल मौसमका कारण लिइएको राहत सामग्री प्रभावित व्यक्तिलाई वितरण गर्न नसकिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP