आइतबार , भाद्र १४, २०८३

काठमाडौँ । आउँदो मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि उम्मेदवारी फिर्ता गर्ने म्याद बुधबार दिउँसो १ बजे सकिएको छ । निर्वाचन आयोगले दिएको समय सीमाभित्र प्रदेश र प्रतिनिधिसभातर्फ झण्डै ४ सय जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार दर्ता भएका उम्मेदवारमध्ये प्रतिनिधिसभातर्फ मात्रै ११९ जनाले फिर्ता लिएका छन् । पौडैलका अनुसार प्रदेशसभातर्फ पनि २५७ उम्मेदवारी फिर्ता भएको प्रारम्भिक विवरण देशभरबाट आएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ २४१२ उम्मेदवारी परेको थियो । जसमा पुरुष २१८७ र महिला २२५ जना रहेका छन् ।
अर्कातिर प्रदेशसभातर्फ ३,२२४ उम्मेदवारी परेको छ । जसमा पुरुष २,९४३ र महिला महिला २८० जना छन् । त्यस्तै एक जना अन्यको पनि उम्मेदवारी प्रदेशमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP