शनिबार , बैसाख १३, २०८२

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । ११ दशमलव ५१ अंकले बढेर नेप्से सूचक १८ सय ६६ दशमलव ६७ विन्दुमा आइपुगेको छ ।

यस्तै सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४८ अंकले बढेर तीन सय ६६ दशमलव ११ विन्दुमा पुगेको छ । बुधबार नेप्से सूचक दोहोरो बढे पनि कारोबार रकम भने उत्साहजनक हुन सकेको छैन ।

मंगलबार अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर घटाउन अध्ययन समितिलाई आग्रह गरेको थियो । त्यसैको प्रभाव बुधबारको बजारमा देखिएको हुन सक्ने कतिपयको आंकलन छ । नेप्से सूचक दोहोरो बढे पनि कारोबार रकम उत्साहजनक हुन सकेको छैन । लगानीकर्ता शेयर खरिद–बिक्री गर्नका लागि ‘पर्ख र हेर’ को नीति अपनाइरहेका छन् ।

अर्कोतर्फ नेप्से एक हजार नौ सयको प्रतिस्थापनको खोजीमा देखिएको भए पनि सफल हुन सकिरहेको छैन । एक हजार आठ सयको टेवा परीक्षणकै क्रममा बजार निरन्तर घुमिरहँदा नीतिगत सकारात्मकको बाटोबाट बजार माथिल्लो अंकमा उक्लिन सक्ने आकलन लगानीकर्ताहरूले गरेका छन् ।

हालसम्म बजारलाई बढवा हुनेका खालका कुनै नीतिगत सुधार हुन सकेको छैन । तर, मंगलबार अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर घटाउनका अध्ययन समितिसमेत बुझाएको थियो । त्यसैको सकारात्मक प्रभाव बुधबारको बजारमा देखिएको छ । यद्यपि, यो नै दीर्घकालीन भने रहँदैन ।

बुधबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २३ कम्पनीको २० लाख ८५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ६९ करोड १७ लाख रुपैयाँको कारोकार भएको छ । पछिल्लो ६ कारोबार दिनदेखि सेयर कारोबार एक अर्ब पनि पुग्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP