मंगलबार , बैसाख २९, २०८३

सुर्खेत । कर्णाली प्रदेशभर बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो ।

सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार मुगुमा आठ जना, कालिकोट र हुम्लामा ४–४ जना, जाजरकोटमा तीन जनाको मृत्यु भएको छ ।

डोल्पा र सल्यानमा २–२ जनाको मृत्यु भएको छ भने दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । २२ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । बेपत्ता हुनेहरूमा सबैभन्दा धेरै कालिकोटमा एक प्रहरी जवानसहित २० जना छन भने जुम्लाका दुई जना र दैलेखका एक जना छन् ।

यसैबीच, बाढीपहिरोमा परि प्रदेशभर २१ जना घाइते भएको प्रहरीको तथ्याङ्कमा छ । जसअन्तर्गत कालिकोटका मात्रै सात जना छन् भने मुगु र हुम्लाका ५–५ जना घाइते भएका छन् । यसैगरी, जुम्लाका दुई, रुकुम पश्चिमका एक जना र जाजरकोटका एक जना घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सयौं घर परिवार विस्थापित
लगातारको बर्षाका कारण कर्णाली प्रदेशभर चार सय ८० परिवार विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा धेरै दैलेखमा एक सय तीन परिवार विस्थापित भएका छन् ।

यस्तै, मुगुका एक सय ७८ घरपरिवार विस्थापित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका नौ, सुर्खेतका आठ परिवार विस्थापित भएका हुन् । यसैगरी, डोल्पाका चार घरपरिवार विस्थापित हुँदा जाजरकोट र रुकुम पश्चिमका २–२ घरपरिवार विस्थापित भएका छन् ।

प्रभावित जिल्लाहरूमा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी परिचालन गरी उद्दार र राहत वितरण भइरहेको प्रवक्ता श्रेष्ठले बताए । घाइतेहरूको उद्दारको लागि हेलिकोप्टर परिचालन भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP