आइतबार , भाद्र १४, २०८३

रुपन्देही । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र रुपन्देही–२ मा गठबन्धनका उम्मेदवारसहित तीन जनाको उम्मेदवारी खारेज भएको छ ।

रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको हो । नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएका सत्ता गठबन्धनका गुरुङ, हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) र स्वतन्त्र उम्मेदवार हिमाल बश्यालको उम्मेदवार बन्न योग्यता नपुगेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जानकारी दिएका छन् ।

गुरुङको उम्मेदवारी खारेज भएसँगै एमाले उपाध्यक्ष विष्णु पौडे विरुद्ध उम्मेदवारी दिएको सत्ता गठबन्धन रुपन्देही क्षेत्र नम्बर–२ मा उम्मेदवारविहीन बनेको छ । गुरुङलाई बैंकिङ कसुरमा अदालतले फैसला गरेको दुई हजार जरिवाना भुक्तान नगरेको, भूसालले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो ।

गुरुङ र भूसालको उम्मेदवारी खारेजीसँगै एमाले उपाध्यक्ष पौडेललाई रुपन्देही क्षेत्र नम्बर २ प्रतिष्पर्धीविहीन जस्तै भएको छ । भुसालले स्वतन्त्र उम्मेदवारी दिने भन्दै विगत ५ महिनादेखि निर्वाचन क्षेत्र केन्द्रित विभिन्न समाज सेवामुलक कार्यक्रम गर्दै आएका थिए । एमाले नेता पौडेल २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा रुपन्देहीबाट विजयी बन्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP