आइतबार , भाद्र १४, २०८३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार अस्पतालबाट ‘डिस्चार्ज’ भएकी छन् । कोभिड–१९ संक्रमण देखिएपछि उनी उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।

गएको शनिबार अस्पतालमा भर्ना भएकी राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य भएपछि आज दिउँसो १२ः४५ बजे डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिएका छन् ।

उनमा खोकी र ज्वरोको समस्या देखिएको थियो । अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम, दिव्या सिंहलगायत चिकित्सकको टोलीले उपचार गरेको थियो । उनको हेरचाह र फलोअपका लागि चिकित्सकको टोली राष्ट्रपति निवास पुगेरै परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP